फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ २८ फागुन । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य केही बढेपनि शुक्रबार पुनः घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यसअघि बिहीबार सुनको मूल्य तोलामा ८६ हजार ८ सय र बुधबार ८६ हजार २ सय रुपैयाँ नै रहेको थियो ।
यस्तै शुक्रबार तेजावी सुनको मूल्यमा पनि गिरावट आएको छ । आज तेजावी सुन तोलामा ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य :
शुक्रबार चाँदीको मूल्य पनि घटेर तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भएको छ। हिजो १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।