सिद्धबाबा सुरुङको ठेक्का अझै अलपत्र
काठमाडौं २७ फागुन, । सिद्धार्थ राजमार्गको पाल्पा र रुपन्देहीको सीमामा रहेको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको लागि ठेक्का लगाउन ढिलाइ भएको छ । सरकारले गत वर्ष २०७६ को मंसिर पहिलो साता नै यो सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउन सडक विभागलाई स्वीकृति दिएको थियो । ईपीसी’ मोडलमा बन्ने उक्त सुरुङ निर्माण अझै सुरुवात हुन सकेको छैन ।
तर, सुरुङमार्गको बोलपत्रको कागजात (बिड डकुमेन्ट) बनाएर स्वीकृत गर्न नै सरकार अलमलिएको छ । यो सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएकाले ‘बिड डकुमेन्ट’को तयारी गर्न बढी समय लागेको सडक विभागका गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीले जानकारी दिए ।
विजय जैसीका अनुसार ईपीसी मोडलमा नेपालले अहिलेसम्म ठूलो ठेक्का नगरेका कारण केही ढिलाइ भएको हो । सिद्धबाबाको पहिरो छल्न बनाइने ११ सय मिटर लामो सुरुङमार्ग स्वीस सरकारको सहयोगमा २०७५ सालमै अध्ययन भएको थियो ।