image
image

नेपाली चामल उद्योग संकटमा 

काठमाडौँ २७ फागुन । तीन दशकअघिसम्म चामलसँग सम्बन्धित २६ ठूला ‘राइस मिल’ सञ्चालनमा थिए । यसअघि ती मिलबाट उत्पादित चामल भारत निर्यात हुने गरे पनि हाल पाँच राइस मिल धरमराउँदै चलिरहेका छन् । भद्रपुरका पुराना उद्योगी यामबहादुर श्रेष्ठको अनुसार सरकारले धान चामल उद्योगमा संरक्षणकारी नीति बनाउन नसक्दा मुलुकको चामल उद्योग धरासायी भएको हो ।
   
झापामा विसं २०४६ अघिसम्म २६ ठूला राइस मिल र सयौँको सङ्ख्यामा साना राइस मिल सञ्चालनमा थिए । त्यसबेला चामल उद्योगको राजधानी मानिएको भद्रपुरमा नै २१ ठूला मिल थिए ।  अहिले घटेर पाँचमा सीमित भएका छन् । हाल भद्रपुरमा श्रेष्ठ आफैँले सञ्चालन गर्दै आएको गणेश एग्रो र राजेश गुप्ताको भद्रपुर एग्रोले स्टिम प्लान्ट जडान गरी ठूला राइसमिल चलाएका छन् । दुहागढीमा मित्तल एग्रो, मेचीनगरमा सूर्य एग्रो र गौरादहमा नुतन एग्रो सञ्चालनमा छन् ।

झापा उद्योग सङ्घका अध्यक्ष श्रेष्ठका अनुसार भारतबाट खुलारूपमा आयात हुने धान र चामलले नेपाली बजार प्रभावित भएको हो त्यसैगरी  नेपालसँग सीमा जोडिएका नक्सालबारी, गलगलिया, किसनगञ्ज, डिगल बैंकलगायत भारतीय बजारमा दर्जनौँको सङ्ख्यामा ठूला राइसमिल सञ्चालनमा छन् । त्यहाँ धानको उत्पादन लागत कम हुने भएको हुँदा किसान फाइदामा हुन्छन् भने मिलले उत्पादन गरेको सस्तो मूल्यको चामल नेपाली बजारतिर पठाउने गर्छन् ।

आर्थिक पत्रकारिता गरिरहेका निर्माण लहर साप्ताहिकका सम्पादक रोहित काफ्लेका अनुसार भन्सार तिरेर र नतिरी चोरीपैठारी भएर आउने भारतीय चामल नेपाली बजारमा छ्याप्छ्याप्ती पाइने गरेको छ । भारतबाट आउने चामलसँग प्रतिष्पर्धा गर्न नसक्दा नेपाली राइसमिल सङ्कटग्रस्त भएका छन् ।स्वदेशी चामल उद्योगको संरक्षणका लागि सरकारले भारतबाट आयातित धान र चामलमा करको दर बढाउनुपर्ने पत्रकार काफ्लेको सुझाव छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।