image
image

साना किसान लघुवित्तको हकप्रद लिलामीमा 

काठमाडौँ। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले बिक्री नभएको हकप्रद लिलामीमा राखेको छ । कम्पनीले संस्थापक सेयरतर्फ ३ हजार ३६८ कित्ता र सर्वसाधारण समूहतर्फ ९ हजार ७४ कित्ता नबिकेको हकप्रद सेयर लिलामीमा राखेको हो । 

यो कम्पनीले २०७२ मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा बिक्री नभएको कित्ता चैत १३ गतेभित्र बोलपत्र पेश गर्ने गरी लिलामीमा राखेको हो । 

इच्छुक लगानीकर्ताले काठमाण्डौको नक्सालस्थित नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेड तथा साना किसान लघुवित्तका शाखा कार्यालयहरु बिर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपालगञ्ज, हेटौडा, बुटवल, गजुरी, पोखरा, वीरेन्द्रनगर र बर्दिबासबाट बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । 

साना किसानको दोश्रो बजारको अन्तिम बिक्रीमूल्य १५२८ रुपैयाँ रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।