पैसा नभएको चेक काट्ने पक्राउ
काठमाडौं २७ फागुन । झुक्याउन पैसा नभएको चेक काट्ने भावना श्रेष्ठ काठमाडौँको चण्डोलबाट पक्राउ परेका छिन् । उनि बैंकिङ कसूर मुद्दा पछि फरार थिईन । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
भावना उच्च अदालत पाटनको २०७७ पुस २९ गतेको फैसलाले २ दिन कैद र रु १६ लाख जरिवाना ठहर भएपछि फरार हुँदै आएकी थिइन् । उनले विसं २०७५ पुस ३ र १८ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक टङ्गालको खाताबाट भुक्तान हुने गरी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।