शुक्रबारदेखि आईओटी प्रदर्शनी हुँदै, ५ हजारले अवलोकन गर्ने अपेक्षा
काठमाडौँ २७ फागुन ।शुक्रबारदेखि सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले काठमाडाैंमा आईओटी प्रदर्शनी गर्ने भएको छ । ४ दिनसम्म डिल्लीबजारमा चल्ने उक्त प्रदर्शनीमा कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा प्रदशन हुने बताएका छन् ।
त्यस्तै प्रदर्शनीका लागि अटोनोमस भेहिकल, स्मार्ट व्हिलचियर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहर व्यवस्थापन, रोबटिक हात लगायत ३० वटा प्रोजेक्टको नमुना तयार गरिएको छ ।विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिई दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्युटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको उक्त प्रदशन ५ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
कलेजका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार निःशुल्क प्रवेश रहेको प्रदर्शनी राज्यका नीति निर्माता, निजी क्षेत्र, विद्यार्थी, अभिभावक र आईटी क्षेत्रका जिज्ञासुका लागि उपयोगी हुनेछ । त्यस्तै कलेजको पढाई सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन् भनेर इनोभेसन हबको परिकल्पना गरिएको बताएका छन्।
बेलयातको कोभेन्ट्री विश्वविद्यायलको आईटी पाठ्यक्रम अध्यापन गराइरहेको यस कलेजले बिआईटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब समेत तयार गरेको छ । हालको प्रदर्शनी सोही इनोभेसन हबमै विद्यार्थीहरुले तयार गरेको बताइएको छ ।