विमानस्थलको कार्गो व्यवस्थापन सरकारी कम्पनीलाई नै जिम्मा
काठमाडौँ २७ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो व्यवस्थापन जिम्मेवारी सरकारी कम्पनीलाई नै दिईएको छ । प्राधिकरणले सकारी स्वामित्वको कम्पनीलाई प्रतिस्पर्धा नगराइ सिधैँ नविकरण गरेको हो। प्राधिकरणले आधुनिक सेवा तथा दुरुस्त व्यवस्थापनका लागि प्रतिस्पर्धी सेवा छनौट गर्ने घोषणा गरेको थियो। तर, यसपटक पनि सोझै नविकरण गरिएको छ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार कम्पनीको सेवा प्रवाहलाई चुस्त बनाउन र आधुनिक प्रविधि र जनशक्ती थप गर्नका लागि शर्तसहित नविकरण गरिएको छ । यसअघि विमानस्थलमा कार्गो व्यवस्थापनका लागि विदेशी कम्पनीलाई दिने प्रयास भएको थियो। पाँच वर्ष पहिले सिंगापुरको कम्पनीले चासो दिएको भएपनि प्राधिकरणले अहिलेकै सरकारी कम्पनीलाई निरन्तरता दिएको थियो।