image
image

मनीषा कोइरालाको आवाज रहेको महामृत्युञ्जय मन्त्र सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । शिवरात्रिको अवसरमा अभिनेत्री मनीषा कोइरालाको आवाज रहेको पहिलो भजन सार्वजनिक गरिएको छ । 

महामृत्युञ्जय मन्त्र समावेश भएको उक्त भजन मनीषाको आवाजमा रेकर्ड भएको पहिलो गीत हो। यो गीत र भिडियोलाई प्रख्यात वाद्यवादन समूह ‘सुरसुधा’ले तयार पारेको हो ।

गीतको भिडियोमा मनीषा स्वयम फिचर्ड छिन् । यस मन्त्र गायनमा मनीषासहित सुरसुधाकै गायिका सरस्वती खत्री र सुरेन्द्र श्रेष्ठको पनि आवाज रहेको छ।  

गीतमा सितार, बाँसुरी, तबला र गितारसहितको बाजको मिश्रण गरिएको छ । पाका एरेन्जर दीप तुलाधरको सहयोग लिएर चेलो र भायोलिनको आवाजलाई पनि यसमा समेटिएको छ ।


मनीषाले भविष्यमा पनि यस्तै आध्यात्मिक गीतहरु गाउने चाहना देखाएकी छिन् । विहिबार नेपालसँगै उक्त गीतलाई मुम्बइस्थित टाइम्स म्युजिकले एकसाथ प्रसारण गर्ने भएको छ ।



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।