घुस सहित धनुषाका कर अधिकृत पक्राउ
काठमाडौँ २७ फागुन ।आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषामा कार्यरत कर अधिकृत रमेश ढकाल घूससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग अन्तःशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस माग गरी आरएन मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोप्राइटर नविन कुमार कर्णलाई लिन लगाएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार उनलाई जनकपुरधाम स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट र कर अधिकृत ढकाललाई नेपाल स्काउटको कार्यालय अगाडिबाट बुधबार नियन्त्रणमा लिईएको हो । उनिहरुले १ लाख ५० हजार घूसको सेटिङ्ग गरेको भुझिएको छ । त्यस्तै अहिले उनीहरु दुवै माथी अनुसधान भईरहेको अख्तियारले जनाएको छ ।