image
image

देशकै ठूलो स्टिल बिलेट उद्योग बैशाख १५ देखि संचालनमा आउने 

काठमाडौं । कुल साढे ६ खर्ब रुपैयाँको लगानीमा निर्माण भएको देशकै सबैभन्दा ठूलो स्टिल बिलेट उद्योग २०७८ बैशाख १५ गतेदेखि संचालनमा आउने भएको छ । व्यावसायिक घराना सौरभ समूहले बाराको परवानीपुरमा देशकै सबैभन्दा ठूलो सर्वोत्तम स्टिल बिलेट उद्योग संचालनमा ल्याउन लागेको हो ।

परवानीपुर–ड्राईपोर्ट सडकखण्डमा रहेको उद्योग संचालनका लागि अन्तिम चरणमा पुगेको र बैंशाख १५ गतेदेखि उत्पादन नै शुरु गर्ने सौरभ समुहका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए । उद्योगले डन्डी बनाउने कच्चा पदार्थ बिलेट उत्पादनका साथै सोबाट डण्डी समेत बनाउने छ । उद्योगले भारत, इरानलगायतका मुलुकमा स्पञ्ज आईरन (बिलेट बनाउने कच्चा पदार्थ) ल्याएर स्टिल विलेट उत्पादन गर्ने छ । नेपालमै स्टिल बिलेट उत्पादन गरेर डण्डी उत्पादन गर्दा खर्च समेत कम लाग्नेछ ।

सो उद्योगको वार्षिक ३ लाख मेट्रिकटन बिलेट र १ लाख मेट्रिकटन डन्डी उत्पादन क्षमता रहेको छ । यो उद्योग संचालनमा आएसँगै नेपाली डण्डी उद्योगका लागि आवश्यक २५ प्रतिशत बिलेट नेपालमै उत्पादन गर्न सकिनेछ न्यौपानेको भनाइ छ । सो उद्योग करिव १६ बिघा क्षेत्रफलमा फैलिएको छ । उद्योग पूर्ण रुपमा संचालनका लागि मात्रै ४२ मेगावाट विद्युत आवश्यक पर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले उद्योगलाई २५ मेगावाटको स्वीकृति दिइसकेको छ । यसका लागि लागि ३३ हजार केभिएको सबस्टेसन निर्माण गरिएको न्यौपानले जानकारी दिए ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।