image
image
नवौं राष्ट्रिय खेलकद :  पुलिसको  अपराजित  यात्रा कायमै

नवौं राष्ट्रिय खेलकद : पुलिसको अपराजित यात्रा कायमै

काठमाडौँ, २८, असोज ।  नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै सेमिफाईनलमा प्रवेश गरेको छ ।

पोखरामा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको छ ।
पुलिसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले १२ ओभर ५ बलमा  अलआउट हुँदै १५ रन मात्र जोड्न सक्यो ।

लुम्बिनी प्रदेशका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । उसका लागि कप्तान सरस्वती जिएमले बनाएको ६ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

लुम्बिनीका ६ ब्याटर डगआउट भए । लुम्बिनीलाई कम रनमा रोक्न पुलिस क्लबका लागि ईश्वरी विष्टले ४ तथा हिरन्माई रोय र कप्तान रुबिना क्षेत्रीले समान २/२ विकेट लिईन् । सबनम राईले १ विकेट लिईन् ।

त्यस अघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन जोडेको थियो । पुलिसका लागि कविता जोशीले ४८ तथा सम्झना खड्काले २९ रन बनाईन् ।

अप्सरी बेगमले १० तथा कप्तान रुबिना क्षेत्रीले ५ रन बनाईन् । लुम्बिनी प्रदेशका लागि सुस्मिता भुसाल र मनिशा रानाले समान २/२ विकेट तथा मधु डिसी र कमला जीएमले समान १/१ विकेट लिईन् ।

जितसँगै पुलिस ६ अंक जोड्दै समूह 'बी' को शीर्ष स्थानमा रहेर सेमिफाईनल पुगेको छ । लुम्बिनी प्रदेश भने ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।