image
image

ब्याजदर बढ्ने संकेत

काठमाडौँ - बैंकहरु कर्जा प्रवाहमा आक्रामक भएसँगै ब्याजदर बढ्ने संकेत देखिएको छ । कोरोना महामारीको असर कम हँुदै जाँदा बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा तिव्रता दिएपछि बैंकिङ प्रणालीमा रहेको तरलता (लगानीयोग्य पुँजी) घट्दै गएको छ । जसका कारण बैंकको ब्याजदर बढ्ने संकेत देखिएको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।


नेपाल बैंकर्स संघका अनुसार फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप ३७ अर्ब रुपैयाँ वृद्धि हुँदा ७१ अर्ब कर्जा लगानी गरेका छन् । माघमा पनि निक्षेप ५ अर्बले मात्र बढ्दा कर्जा ७४ अर्ब रुपैयाँले वृद्धि भएको थियो ।


फागुन २१ गतेसम्म आउँदा बैंकहरूले कूल ३८ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३३ खर्ब ८८ अर्ब कर्जा लगानी गरेका छन् । माघ मसान्तसम्म बैंकहरूको कुल निक्षेप ३७ खर्ब ८६ अर्ब र कर्जा ३३ खर्ब १७ अर्ब थियो ।


कोरोना महामारीका कारण लामो समय व्यवसाय विस्तार गर्न नपाएका बैंकहरुले पछिल्लो समय कर्जा प्रवाहलाई प्राथमिकता दिएका छन् । यस्तै कोभिडको प्रकोप कम भएसँगै आर्थिक गतिविधि पनि बढ्दै गएकाले कर्जाको माग बढेको बैंकरहरु बताउँछन् ।
तर, कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि नभएपछि बैंकमा तरलताको चाप बढ्दै गएको छ । जसका कारण अन्तर बैंक ब्याजदर समेत बढ्न थालेको छ ।


नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बैंकहरुमा निक्षेप र कर्जा वृद्धिको अन्तरले बैंकहरुमा तरलता घट्दै गएको बताउँछन् । यसले बैंकको ब्याजदरमा दबाब सिर्जना गर्ने उनको भनाइ छ ।


पुसमा बैंकिङ प्रणालीमा २ खर्ब तरलता रहेकोमा अहिले ४० अर्ब रुपैयाँमा झरेको छ । तरलता कम हुँदै गएपछि अन्तर बैंक ब्याजदर पनि ३ प्रतिशत पुगेको छ । एक वर्षअघि ५ प्रतिशत हाराहारीमा पुगेको अन्तरबैंक ब्याजदर साउनमा ०.०१ प्रतिशतसम्म झरेको थियो । पछिल्लो एक महिनायता पुनः बढ्न थालेको ब्याजदर फागुन २५ गते २.९७ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।