image
image
पाकिस्तानको कीर्तिमानी जित

पाकिस्तानको कीर्तिमानी जित

काठमाडौँ, ७, असोज । कप्तान बाबर आजम र मोहम्मद रिजवानले २ सय ३ रनको साझेदारी गरेपछि पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी - २० आईमा १० विकेटको कीर्तिमानी जित निकालेको छ । यससँगै सात खेलको शृंखला १-१ को बराबरीमा पुगेको छ । पहिलो खेल इंग्ल्यान्डले ६ विकेटले जितेको थियो ।

जितका लागि २०० रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा बिना विकेट २०३ रन बनायो । पाकिस्तानको जितमा कप्तान बाबरले ६६ बलमा  अविजित १ सय १० रन बनाए । यस्तै, रिजवान ५१ बलमा अविजित ८८ रन जोडे ।

टी(२० आई क्रिकेट इतिहासमा कुनै टोलीले बिना  विकेट पूरा गरेको यो सर्वाधिक ठूलो लक्ष्य हो । न्युजिल्यान्डले सन् २०१६ मा पाकिस्तानविरुद्ध १ सय ६९ रनको सर्वाधिक लक्ष्य पूरा गरेको थियो ।

यसअघि कराँचीमा टस जितेर पहिला ब्याटिङ गरेको भ्रमणकारी टोली इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक अविजित ५५ रन बनाए । यस्तै,  बेन डकेटले ४३ रन जोडे ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।