image
image

नागरिक लगानी कोषको शेयर बिक्रीमा

काठमाडौँ २६ फागुन । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय अठाइस कित्ता शेयर बिक्री गरिने भएको छ । बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको न्यूनतम मूल्य रु. १ हजार ५ सय दुई रुपैयाँ पचास पैसा तोकिएको छ । 

जसको शेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ । उक्त संस्थापक शेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु मात्र सहभागि हुन सक्नेछन् ।
 
इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले चैत्र ३ गतेदेखि १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडमार्फत प्रति कित्ता आफुले लिन चाहेको दररेटका साथ बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।