image
image
रेमिट्यान्समा सुखद शुरुवात, अघिल्लो वर्षभन्दा २० प्रतिशतले बढ्यो

रेमिट्यान्समा सुखद शुरुवात, अघिल्लो वर्षभन्दा २० प्रतिशतले बढ्यो

काठमाडौँ, २, असोज । विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा सुखद शुरुवात भएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा नै २० प्रतिशतले वृद्धि देखिएको हो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले वृद्धि हुँदै ९२ अर्ब २१ करोड आयात हुन पुगेको छ । अघिल्लो वर्षको सोहीअवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो । यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४,५४० पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेनेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २०,३९० पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १८.४ प्रतिशतले वृद्धि भई १ खर्ब १ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५.७ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।