image
image

प्रतिकेजी १५ रुपैयाँले बढ्यो चामलको उपभोक्ता मूल्य

काठमाडौँ, ३०, भदौ ।  थोक बिक्रेताले भदौ पहिलो सातादेखि चामलमा प्रतिकेजी १५ रुपैयाँ बढाएका छन्। भारतले चामल निर्यातमा कडाइ गर्ने संकेत पाएपछि चामलको उपभोक्ता मूल्य प्रतिकेजी १५ रुपैयाँसम्म बढेको किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताएका हुन्।

थोक बिक्रेताले चामलको मूल्य बढाएर पठाएकाले खुद्रा पसलमा पनि मूल्य बढेको उनको भनाइ छ। खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र वज्राचार्य चामलको खुद्रा मूल्य प्रतिबोरा २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्मले बढिसकेको बताउँछन्। 

खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधार चामलको मूल्य बढाउन चलखेल सुरु भइसकेको दाबी गरे। भारतले निर्यात कर बढाउने निर्णय गरेसँगै नेपालका थोक बिक्रेताले मूल्य बढाउन सुरु गरेको उनले बताए।

‘भारतमा बढ्नेबित्तिकै नेपालमा मूल्य बढ्छ। त्यसको गाली हामी खुद्रा व्यापारीले खान्छौं। तर मूल्यमा चलखेल गर्ने व्यापारीको संख्या २५ देखि ३० जनाको मात्रै छ,’ महासचिव तुलाधरले भने। भारतको नयाँ निर्णयले चामलको मूल्य प्रतिकेजी ४० रुपैयाँसम्म बढ्न सक्ने उनको अनुमान छ। 

यसैबीच बुधबार नेपाल र भारतका परराष्ट्र सचिवबीच भएको छलफलमा पनि नेपालले गहुँ, चिनी, धान र चामल निर्यात प्रतिबन्ध हटाउन आग्रह गरेको छ। भारतले गहुँ, चिनी, धान, चामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा ती वस्तुको मूल्य ह्वात्तै बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।