ऋणमा जनक शिक्षा सामग्री केन्द्र, कति पुग्यो ?
काठमाडौँ २६ फागुन । सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड ऋणमा चलीरहको छ। हाल केन्द्रको ऋण २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०६३/६४ देखि निरन्तर घाटामा चलिरहेको केन्द्रले सरकारकाे १ अर्ब ३९ करोड रुपैयाँ चलाएकाे छ।त्यस्तै केन्द्रले वित्तीय संस्थासँग १ अर्ब १३ करोड ऋण लिएको छ भने वार्षिक ब्याज मात्र १७ करोड तिर्दै आईरहेको छ ।
केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाका अनुसार जनक शिक्षाले चालू शैक्षिक सत्रमा १ करोड ६३ लाख थान पाठ्यपुस्तक बिक्रीबाट १ अर्ब ४२ करोड, अन्य छपाइबाट १६ करोड गरी १ अर्ब ५८ करोड रुपैयाँ आम्दानी गरेको छ। केन्द्रले साझा प्रकाशनबाट ८ करोड १६ लाख र अन्य छापाखानाबाट २ करोड उठ्न बाँकी रहेको जनाएको छ। त्यसैगरि, आन्तरिक राजस्व विभागबाट स्टिकर छपाईको ३ करोड ६४ लाख उठ्न बाँकी रहेको केन्द्रले बताएको छ ।