आम्दानीका हिसाबले टिकटक पहिलो स्थानमा
काठमाडौं २६ फागुन । शर्ट भिडियो प्लेटफर्म टिकटक एप फेब्रुअरीमा सबैभन्दा बढी डाउनलोड हुने र बढी कमाउने एप बनेका छ । टिकटक एप पछिल्लो ११ महिनादेखि सबैभन्दा बढी कमाउने एपमा पर्न सफल भईरहेको छ । सेन्सर टावरका अनुसार कम्पनीले प्रति प्रयोगकर्ता १ सय १० अमेरिकी डलर आम्दानी गरेको छ ।
सेन्सर टावरका अनुसार गएको फ्रेबुअरीमा मात्रै टिकटक ५ करोड ६० भन्दा बढी डाउनलोड भएको छ । त्यसमध्ये सबैभन्दा बढी चिनियाँ प्रयोगकर्ता रहेका छन् । फेबुअरीमा भएको कुल डाउनलोडको १८ प्रतिशत चिनियाँ भर्सनको एप डाउनलोड भएको सेन्सर टावरले जनाएको छ । त्यस्तै बढी टिकटक डाउनलोड हुने देशको सूचीमा अमेरिका दोस्रोमा रहेको छ । अमेरिकामा मात्रै कुल डाउनलोडको ११ प्रतिशत डाउनलोड भएको सेन्सर टावरले बताएको छ ।
हाल १ सय १० अमेरिकी डलर आम्दानी गरेको टिकटकले अघिल्लो महिनाको तुलनामा १.९ गुणा बढी आम्दानी गरको हो । जसमध्ये ७९ प्रतिशत एपमार्फत हुने आम्दानी चिनियाँ भसर्नको एपबाट आएको छ । भने, ८ प्रतिशत अमेरिका र ३ प्रतिशत टर्कीबाट भएको छ ।
त्यस्तै पछिल्लो समय टिकटक पछि फेसबुक सबैभन्दा बढी डाउनलोड हुने एपमा पर्न सफल भएको छ । सेन्सर टावरका अनुसार उक्त अवधिका फेसबुक ४ करोड ५० लाखभन्दा बढी डाउनलोड भएको छ । भने, इन्स्टाग्राम र ह्वाट्एप क्रमशः तेस्रो र चौंथो नम्बरमा रहेका छन् ।