image
image

नेपाल राष्ट्र बैंकमा पहिलोपटक महिला डेपुटी गभर्नर 

काठमाडौँ। नेपाल राष्ट्र बैंकले पहिलोपटक महिला डेपुटी गभर्नर पाएको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले  बैंककी कार्यकारी निर्देशक नीलम ढुंगानालाई नियुक्त गरेसँगै राष्ट्र बैंकले पहिलो महिला डेपुटी गभर्नर पाएको हो । उनिसंगै अर्का कार्यकारी निर्देशक बमबहादुर मिश्र पनि डेपुटी गभर्नरमा नियुक्त भएका छन् । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा कार्यकारी निर्देशक मध्येबाट मन्त्रिपरिषदले दुई जनालाई डेपुटी गभर्नर नियुक्त गरेको हो। गभर्नर अधिकारीले २ पदका लागि ४ जनाको नाम सिफारिस गरेका थिए । केही दिनअघि गभर्नर अधिकारीले सिफारिस गरेको सूचीबाट अर्थमन्त्रीको प्रस्तावमा मंगलबारको मन्त्रिपरिषदले नियुक्त गरेको हो ।

मिश्र राष्ट्र बैंकको विदेशी विनिमय विभाग प्रमुख थिए। यस्तै हाल कार्यकारी निर्देशक रहेकी ढुंगाना राष्ट्र बैंक व्यवस्थापन विभाग प्रमुख थिइन्। व्यवस्थापनमा विद्यावारिधी गरेकी ढुंगाना २०७४ साल फागुन २५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी हुन्। हाल उनी राष्ट्र ऋण व्यवस्थापन विभागमा छिन्।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।