image
image

कच्चा तेलको मूल्य प्रतिब्यारल ९० डलरभन्दा तल झर्ने

काठमाडौँ, २०, भदौ ।  हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा लगातार गिरावट आइरहेको छ । अहिले तेलको भाउ प्रतिब्यारल ९५ डलरभन्दा तल झरेको छ । 

यो सँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारल ९० डलरभन्दा तल झर्न सक्ने अनुमान गर्न थालिएको छ । 

दुई हप्ताअघि विश्वकै ठूलो तेल उत्पादक साउदी अरेबियाले कच्चा तेलको भाउ बढ्न सक्ने संकेत गरेको थियो । उसले ओपेक प्लसले कुनै पनि समयमा र कुनै पनि रुपमा तेल उत्पादन कटौती गर्ने निर्णय लिन सक्ने जनाएको छ । 

तेल उत्पादक देशहरुको यो संगठनले ब्रेन्ट कच्चा तेलको मूल्य १०० डलरभन्दा माथि लैजान यस्तो संकेत गरेको थियो । तर, यो साता चीनका विभिन्न सहरमा लगाइएको लकडाउनले मन्दी आउने सक्ने संकेत गरेको छ । 

मागमा कमी आई कच्चा तेलको मूल्य ९० डलरभन्दा तल आउने सम्भावना रहेको विशेषज्ञहरुले बताएका छन् ।एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।