image
image

श्रमिक पठाउन कतारसँग जीटुजी सम्झौता भए कडा प्रतिकार गर्ने 

काठमाडौँ २६ फागुन । नेपाल वैदेशिक रोजगार सङ्घले कतारमा श्रमिक पठाउने विषयमा सरकारी तहमै श्रमिक आदानप्रदान (जीटुजी) सम्झौता भएमा कडा प्रतिकार गर्ने बताएका छन् ।  वर्षौंदेखि करोडौँ लगानी गरेको आफ्नो क्षेत्रमा सरकारले हस्तक्षेप गरे आफुहरुलाई मान्य नहुने बताउदै उक्त सम्झौता प्रतिकार गर्ने भएका छन् । हिजो मङ्गलबार विज्ञप्तिमार्फत उनीहरुले आपति जनाएका छन् ।

त्यस्तै उक्त विज्ञप्तिमा सङ्घले सरकारले व्यवसाय गर्ने वातावरण बनाई दिनुपर्नेमा उल्टै आफैँ व्यवसाय गर्न खोज्नु खेदजनक भएको जनाएको छ । सरकारले दक्षिण कोरिया, इजरायललगायतका मुलुकमा श्रमिक पठाउँदा लाखौँ शुल्क लिने तर व्यवसायीलाई शून्य लागतमा श्रमिक पठाउनुपर्छ भन्ने गरेको भन्दै सङ्घले कतारसँग जीटुजी सहमति भएमा सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।
 
    
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।