उद्योग प्रतिको आकर्षण बढ्दो, सात महिनामा पन्ध्र सय उद्योग दर्ता
काठमाडौँ २६ फागुन ।कञ्चनपुरमा पछिल्लो समय युवाहरुको उद्योग प्रतिको आकर्षण बढ्दो रहेको छ । कोरोना कहर जस्ता अन्य प्राकृतिक विपत्तिका कारण मजदुरीका लागि भारतलगायत तेस्रो मुलुक जाने युवा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न थालेका छन् । स्थानीयस्तरमै कृषि, पशुपक्षी र व्यापारमा युवाको आकर्षण बढेसँगै यहाँ व्यवसाय दर्ता पनि गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ ।
त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका अनुसारका अनुसार चालु आर्थिक वर्षको सात महिना (माघ मसान्तसम्म) यहाँ एक हजार ५३८ उद्योग घरेलु कार्यालयमा दर्ता भएका छन् । गत चालु आवमा यहाँ ७३४ उद्योगमात्रै दर्ता भएको थियो ।
त्यसैगरी सरकारले कोरोना कहरमा विदेशबाट स्वदेश फर्किएका युवालाई आयमूलक कामका लागि अनुदानसमेत प्रदान गरिएकाले पनि उद्योग प्रतिको आकर्षण बढिरहेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले बताए ।