प्रि ओपन सेसनमा तीन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि
काठमाडौं २६ फागुन । बुधवार तीन कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । चन्द्रागिरी हिल्स लिमिटेड , नेपाल हाइड्रो डेभलोपर लिमिटेड र युनाइटेड फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो ।
यो दिन चन्द्रागिरी हिल्सको सर्वाधिक ९ दशमलव ९९ प्रतिशत बढेर रू. ८०४ पुगेको छ भने नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ८३ प्रतिशत बढेर रू. ३९१ पुगेको छ । यस दिन युनाइटेड फाइनान्सको शेयरमूल्य भने ९ दशमलव ७४ प्रतिशत बढेर रू. ३८३ पुगेको हो । कारोबार खुला भएको दश मिनेटको अवधिमा यी कम्पनीको शेयरमूल्य उक्त दरमा बृद्धि भएको हो । यो दिन यस अवधिसम्म नेप्से परिसूचक पनि दोहोरो अंकले बढीरहेको छ ।
त्यस्तै, बुधवार प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक शून्य दशमलव ६१ प्रतिशत बढेको थियो। यो सेसनमा नेप्से परिसूचक अघिल्लोव कारोबार दिनको तुलनामा १५ दशमल शून्य ५ अंकले बढेर २ हजार ४७६ दशमलव ९३ विन्दुमा पुगेर बजार खुलेको हो । प्रि ओपनिङ सेसनमा ३१ कम्पनीको ११० पटकको व्यापारमा रू. ७८ लाख ३४ हजार बराबरको २० हजार ६५२ कित्ता शेयर कारोबार भएको छ ।
यस कारोबारमा नेको इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ४ दशमलव ९८ प्रतिशतले बढेको छ भने अरुणभ्याली हाइड्रोपावरको सर्वाधिक रू. ५० लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ । ५० प्रतिशत हकप्रद शेयर विक्रीको अनुमति पाएका कारण अरुणभ्याली हाइड्रोको सर्वाधिक रकमको कारोबार भएको हो । कम्पनीले बोर्डबाट हकप्रद विक्रीका लागि फागुन २५ गते अनुमति पाएको हो ।