रोजगारी र उद्यमशिलता प्रवर्द्धनका लागि रोलिङ नेक्सस एप सार्वजनिक(फोटोफिचरसहित )
काठमाडौँ। नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल 'रोलिङ नेक्सस' को औपचारिक सुरुवात भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि सो को सुरुवात गरिएको हो । यसको मुख्य उदेश्य रोजगारी र उद्यमशिलतालाई प्रवर्द्धन गर्नु रहेको छ।
नेपालमा डिजिटल प्लाटफर्मको माध्यमबाट सबै ब्यावसायिक कामलाई सहज बनाउने उद्धेश्यका साथ सञ्चालनमा आएको रोलिङ नेक्सस अनलाइनमा आधारित व्यवसायिक सामाजिक सञ्जाल हो, जुन “नयां सम्भावनाहरुको सञ्जाल” हो।
उक्त कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गङ्गा चौधरी, नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाह, राष्ट्रिय योजना आयोगका सदस्य डा राम कुमार फुयाल, पुर्वसेनापति रुक्मांगत कटुवाल र रोलिङ्ग प्लान्सका निर्देशक अनुप जंगम लगायतको प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन भएको थियो।
यसलाई मुख्यतया रोजगारी, उद्यमशिलता, सशक्तिकरण र संलग्नता गरि मुख्यत चार सिद्धान्त अनुरुप सञ्चालन गरिएको रोलिङ नेक्ससका अध्यक्ष अनुप जंगमले बताउनुभयो । यी बाहेक अन्य दुई एप्लिकेसन रोलिङ कर्मशिल स्वदेश र रोलिङ कर्मशिल विदेशबाट स्वदेशी तथा वैदेशिक रोजगारीका बारेमा जानकारी लिंदै नयाँ अवसरहरु खोज्न सकिने पनि उहाँले बताउनुभयो।
मुलुकमा रोजगारी र उद्यमशीलताका अवसर उत्साहजनक नरहेको अहिलेको अवस्थामा नयां सम्भावना र अवसरहरुलाई एउटै प्लाटफर्ममा समेट्ने उद्धेश्यले रोलिङ नेक्ससको शुरुवात गरिएको हो ।
यस व्यावसायिक सामाजिक सञ्जालको प्लाटफर्म प्रयोग गर्न मोबाइलमा एप डाउनलोड गरी त्यसमा लगईन गरि आफ्नो प्रोफाइल बनाउनुपर्ने हुन्छ । रोलिङ नेक्ससले व्यक्ति –व्यक्ति, व्यक्ति–व्यवसाय वा व्यवसाय–व्यवसायको नेटवर्कमार्फत एक आपसको सम्पर्कमा रही जुटेर एक अर्काका लागि नै सम्भावना सृजना गर्न विकसित गरिएको कम्पनीले जनाएको छ ।
हेर्नुहोस सोहि कार्यक्रमका केहि दृश्यहरु :