मनपरी बजारभाउ, महंगीको मारमा उपभोक्ता
काठमाडौँ । कोभिड १९ को महामारीबाट थलिएका उपभोक्ता महंगीको चपेटामा परेका छन। दैनिक उपभोगीय सामग्रीमा एक्कासी मूल्य वृद्धि भएपछी उपभोक्ताहरु मारमा परेका हुन्। पछिल्लो महिना खाने तेल, चामल, केराउ लगायत दैनिक उपभोग्य सामानको मूल्य बृद्धि भएको व्यवसायीहरुको भनाइ छ । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ बढी मात्रमा तेलमा लापरबाही तरिकाले मूल्य बृद्धि भएको बताउछन ।
एउटै ब्राण्डको तेलमा पनि फरक –फरक एमआरपी राखेर मूल्य राखेर बजारमा पठाउने गरेको पाइएको छ । एक महिना अगाडि भटमासको तेल प्रति केजी १६५ एमआरपी मूल्य भएकोमा अहिले २१० एमआरपी मूल्य पुगेको छ । सनफ्लावरको तेल प्रति केजी केहि दिन अघि १८५ एमआरपी मूल्य भएकोमा अहिले २२५ पुगेको छ । यसै गरि २४० मा पाइने तोरीको तेलको मूल्य बृद्धि भएर २ सय २५ पुगेको व्यापार संघको भनाई छ ।
यसको साथै केहि दिन अघि प्रति केजी ९० रुपियामा पाइनेमा हरियो केराउको मूल्य बढेर एक सय रुपियाँ पुगेको छ । त्यस्तै चामलमा प्रति बोरा एक सय रुपियाँ बढाएको पाइएको छ । नेपालमा उत्पादित चामलले नपुगेको कारण भारतबाट आयात गर्नु परेको कारण चामलको मूल्य बढेको व्यावसायी बताउँछन् । त्यस्तै पछिल्लो समय भारतमा पनि तेलको मात्रा प्रशस्त नभएकाले खाने तेल मिलले भारतमा तेल पठाउने गरेकोले नेपालमा तेलको मूल्य बढेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ बताउछन ।