image
image

६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ २६ फागुन । साताको सुरुवाती दुई दिन निरन्तर बढेको सुनको मूल्य हिजो मंगलबार घटेको थियो । आज सुनको मूल्य फेरी बढेको छ । । हिजो तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले नै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ६ सय रुपैयाँले नै बढेको छ । हिजो तोलाको ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको तेजावी सुनको मूल्य आज ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । 

चाँदीको मूल्य : 

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५  रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ  ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।