एसईई परीक्षाको तालिका सार्वजनिक
काठमाडौँ २६ फागुन। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को समय तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परिक्षाको पहिलो दिन अर्थात् जेठ १३ गते अनिवार्य अंग्रेजी हुनेछ । त्यस्तै सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य सँस्कृत भाषा र साहित्य/अनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने छ ।त्यसैगरी जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ । जेठ १६ गते अनिवार्य गणित र जेठ १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
जेठ १८ गते सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ ।२० गते ऐच्छिक गणितको परीक्षा हुने छ । सो दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने छ ।परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ ।
विस्तृतमा तलको तालिका हेर्न सक्नु हुनेछ