शिवरात्रिमा पशुपतिमा मास्क अनिवार्य
काठमाडौँ २५ फागुन ।फागुन २७ गते परेको महाशिवरात्रिमा पशुपति दर्शनमा जाँदा मास्क अनिवार्य लगाउनु पर्ने भएको छ ।महाशिवरात्रि आयोजना सम्मेलनको जानकारी दिन मंगलबार पशुपति विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव डा. प्रदीप ढकालले कोभिड महामारीको जोखिम रहेकोले दर्शनार्थीले अनिवार्य मास्क लगाउन आग्रह गरे।
त्यस्तै नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाकर्मी परिचालन हुनेछ । नेपाल स्काउटका समेत गरी ४ हजार स्वयमसेवक परिचालन हुने डा. ढकालले जानकारीले दिए। मन्दिर नजिकैको गेटमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ। उक्त दिन सशस्त्र प्रहरी,नेपाली सेना र नेपाल प्रहरीको गरेर ३० वटा स्वास्थ्य संस्थाको शिविर हुनेछन्।