image
image

‘मेक इन नेपाल स्वदेशी’ अभियान सुरु 

काठमाडौँ। नेपाल उद्योग परिसंघ(सिएनआइ)ले ‘मेक इन नेपाल स्वदेशी’ अभियान सुरुवात गरेको छ। स्वदेशी उद्योगलाई संरक्षण गर्नका लागि  सो अभियानको सुरुवात गरिएको हो। 

परिसंघले वर्षेनि १ हजार उद्योग सञ्चालनमा ल्याउने र १ लाख ५० हजारलाई रोजगारी दिने लक्ष्य राखेर यो अभियान शुरू गरेको  बताएकाे छ। सो अभियानले औद्योगिक क्षेत्रको विकासमा सहयोग पुर्याउने सिएनआइका अध्यक्ष शतिस मोरले जानकारी दिए। 

‘अभियानले स्वदेशी उद्योगको विस्तार तथा वृद्धि गरी रोजगारीसमेत सृजना गर्दछ,’ उनले भने। अभियानलाई निरन्तरता दिन सरकारले रणनीतिक कार्ययोजना बनाउन पर्ने उनले बताए। नेपालको हरेक उत्पादन सबै समक्ष पुर्याउन सरकारको सहयोग चाहिने सिएनआइका पूर्व अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए। 

नेपाली वस्तुको उपभोग गर्दा सबैलाई गर्बको महसुस हुनपर्ने उनको भनाइ छ। ‘जसरी एउटा चाइनिजले आफ्नो सामान प्रयोग गर्दा गर्वको महसुस गर्छ त्यसरी नै नेपाली वस्तु उपभोग गर्दा नेपालीले गर्वको महसुस गर्नु पर्छं,’ उनले भने। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।