पाटनको कुमारी घर पुनर्निर्माण शुरु
काठमाडौँ २५ फागुन-२०७२ सालको भुकम्पले क्षतीग्रस्त रहेको ललितपुरस्थित कुमारी घर पुनर्निमाण हुने भएको छ। कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निर्माण हुने भएको हो।
मंगलबार भारतीय राजदुत विनय मोहन क्वात्रा र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले कुमारी छेँ पुनर्निर्माणको शिलान्यास गरेका छन् । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले ४ करोड ५५ लाख ९४ हजार ९ सय ८५ रुपैँया ३२ पैसाको लागतमा पुनर्निमाण कार्य अघि बढाएको हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाइ भवन आयोजना निर्देशक श्याम किशोर सिंहका अनुसार कुमारी घरको भौतिक संरचनाहरु पुरानै मौलिक स्वरुपमा निर्माण गरिने भएको छ । डेढ वर्षमा सम्पन्न गरिसक्ने गरी बनाउन लागिएको उक्त भवन भूकम्प प्रतिरोधी बनाइने बताए ।