मेलम्ची आएपछि ट्याङ्कर व्यवसायी संकटमा: २ हजारभन्दा बढीको रोजगारी गुम्ने
काठमाडौँ २५ फागुन।बहुप्रतिक्षित मेलम्ची खानिपानी आयोजनको खानीपानी आउदो वैशाखमा देखि घर-घरमा पुग्ने भएपछि काठमाडौं उपत्यकावासी खुसी छन् ।हाल सुन्दरीजलसम्म आइसकेको पानि हेडवक्र्स निर्माण सकिएपछि भने उपत्यकाबासीलाई नियमित रुपमा पानी वितरण हुने मेलम्ची खानेपानी विकास बोर्डका कार्यकारी निर्देशक त्रिनेश खत्रीले बताएका छन् ।
खानेपानी वितरणसम्बन्धी सरकारी निकायहरु मेलम्चीको खानेपानी आपूर्तिका लागि सक्रिय भइरहँदा उपत्यकामा पानी आपूर्ति गर्ने ट्याङ्कर व्यवसायी र मजदुर भने यतिबेला संकटमा छन् । मेलम्चीको पानी वितरण हुन थालेपछि बजारबाट पानीको माग ह्वात्तै घट्ने भन्दै व्यवसायी र मजदुरहरुले यसको विकल्प खोज्न थालेका हुन् । मेलम्चीको खानेपानी आउनेबित्तिकै ७० प्रतिशत व्यवसायी र मजदूरको रोजीरोटी गुम्ने अवस्था रहेको व्यवसायीहरु बताउँछन् ।
त्यस्तै मेलम्चीको पानी काठमाडौँ नयाँ व्यवसायी र मजदूरहरु यो क्षेत्रमा प्रवेश गर्ने क्रम रोकिएको छ । पुराना व्यवसायीले पनि नयाँ ट्याङ्कर थप्ने योजना स्थगित गरेका छन् ।त्यसैगरी पानी आएपछि २ हजारभन्दा बढीको रोजगारी गुम्ने भएको छ ।