बाजुरामा असिना पानीले बालीनाली नष्ट, किसान मर्कामा
बाजुरा। गत सोमबार साँझ आएको अविरल वर्षासँगै परेको असिना पानीले बाजुराका अधिकांश ठाउँमा लगाएको हिउँदे बाली गहुँ, जौ, तरकारी, फलफूल नष्ट पारेको छ । हिउँदमा परिश्रम गरेर लगाएको खेती पाक्ने समयमा यसरी एक्कासि असिना पानीले सखाप पारेपछि यहाँका किसानहरु मर्कामा परेका छन।
बाजुराको बुढीगङ्गा, गौमुल र बडिमालिका नगरपालिका लगायतका ठाउँमा अविरल वर्षासँगै आएको असिनाले हिउँदे बाली गहुँ, जौ, तरकारी, फलफूल खेतीमा समेत ठूलो क्षति भएको बूढीगङ्गा नगरपालिका –४ का भानु विकले बताए।
त्यस्तै, केही ठाउँमा असिना पानीले गहुँबालीमा क्षति गरे पनि ज्ञान केन्द्रको अगुवाइमा बाजुराका विभिन्न ठाउँमा लगाएका झण्डै एक लाखभन्दा बढी फलफूलका बिरुवाहरुलाई भने राहत पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । फागुनको पहिलो सातामा लगाएको फलफूलका बोटहरु पानी नभएर सुक्न लागेको अवस्थामा आइतवारदेखि सोमबारसम्म लगातार पानी परेपछि ती बोटबिरुवालाई भने निकै राहत पुगेको छ।