image
image

साओमीले ल्याउने भयो १० मिनेटमै ब्याट्री फुल चार्ज हुने प्रविधि 

काठमाडौँ २५ फागुन । चिनियाँ ब्राण्ड साओमीले १० मिनेटमै ब्याट्री फुल चार्ज हुने प्रविधि सार्वजनिक गर्ने तयारी गरेकाे छ । कम्पनीले वायर्ड, वायरलेस र रिभर्स वायरलेस चार्जिङ सपाेर्टका साथ नयाँ प्रविधि ल्याउन लागेकाे हाे ।

टिपस्टर डिजिटल च्याट स्टेशनका अनुसार याे प्रविधि यही वर्ष (२०२१) काे मध्यतिर सार्वजनिक हुने छ । यसअघि कम्पनीले यसैगरी १८५ वाट फास्ट चार्जिङ पेश गरिसकेको छ । जसमा वायर्ड १२० वाट तथा वायरलेस चार्जिङ ५५ वाट तथा रिभर्स चार्जिङ १० वाट मिलाएर १८५ वाटको संयोजन गरिएको छ । 

साओमीको तर्फबाट यी विषयमा आधिकारिक सूचना भने दिइएको छैन । यस अघि कम्पनीले एयर चार्जर प्रविधि पेश गरिसकेको छ । जसबाट हावामै डिभाइसलाई चार्ज गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।