उत्पादन घट्दा बढ्यो कुखुराको चल्लाको मूल्य
काठमाडौँ। उत्पादन घटेसँगै कुखुराका चल्लाको मूल्य बढेको छ । प्यारेन्ट चल्ला (माउ कुखुराका चल्ला) को अभावका कारण चल्ला उत्पादन ३६ प्रतिशतले घटेको हो ।
करिब १ महीना अघिसम्म प्रतिचल्ला ७० रुपैयाँ पर्ने ब्रोइलर चल्लाको मूल्य अहिले ३६ प्रतिशतले बढेर ९५ रुपैयाँसम्म पर्न थालेको छ । त्यसैगरी प्रतिचल्ला १ सय ४० रुपैयाँ पर्ने लेयर्स चल्लाको मूल्यमा पनि २२ प्रतिशतले बढेर १ सय ७० रुपैयाँ पुगेको छ ।
ह्याचरी उद्योगहरूले केही साताअघि मात्रै थाइल्यान्डबाट माउ चल्ला आयात गरी त्यसलाई अण्डा उत्पादनका लागि पालेका छन् । यद्यपि अहिले पालिएका माउ चल्लाले अण्डा दिन आउँदो असोज, कात्तिक महीनासम्म कुर्नुपर्ने हुन्छ । त्यति बेलासम्म चल्लाको उत्पादन नबढ्ने भएकाले यसको हालको मूल्यमा अझै १० रुपैयाँसम्म बढ्न सक्ने बताइएको छ ।
अहिले ब्रोइलर चल्लाको लागत मूल्य प्रतिचल्ला ५६ रुपैयाँ पर्ने गरेको छ भने लेयर्स चल्लाको लागत मूल्य प्रतिचल्ला १ सय १० रुपैयाँ पर्ने गरेको छ ।