६ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ २४ फागुन । साताको सुरुवाती दुई दिन निरन्तर बढेको सुनको मूल्य आज मंगलबार घटेको छ । हिजो तोलामा १ सय रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य पनि ६ सय रुपैयाँले नै घटेको छ । हिजो तोलाको ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको तेजावी सुनको मूल्य आज ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदीको मूल्य :
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।