image
image

छड्के- २ को वर्कशपमा अनमोलको ग्याङस्टार लुक्स सार्वजनिक

अभिनेता अनमोल केसी यतिबेला चितवनमा  छन् । नयाँ फिल्ममा ‘छड्के २’ काम शुरु गर्नुअघि नै अनमाेल केसीकाे  लुक्स सार्वजनिक भएको छ । छायांकनको तयारीमा रहेको उक्त फिल्मका अभिनेता केसी कार्यशालामा व्यस्त छन् । उनको नयाँ लुक्स सार्वजनिक भएको हो ।

निगम श्रेष्ठको पटकथा र निर्देशनमा बन्न लागेको उक्त फिल्मको छायांकनभदौ १ गतेबाट शुरु हुदैछ । काभ्रे फिल्मको ब्यानरमा बन्ने उक्त फिल्मको निर्माता भने प्रशान्त गिरी र लक्ष्मण काफ्ले  रहेका छन्।

फिल्ममा कलाकारहरु अनमोल केसी , रविन तामांग , कमल मणि नेपाल रहेका छन् । निर्देशक श्रेष्ठका अनुसार अहिले चितवनमा वर्कशप भएको छ। अनमोल केसी अहिलेसम्मको भिन्न भूमिकामा देखिने तयारीका लागि उनले क्यारेक्टर एडप्ट गरिरहेको उनले बताए ।

उनले भने,‘एउटा स्टारले आफ्नो क्यारेक्टरलाई जिवन्त बनाउन गरेको यो संघर्षले टिमलाई उर्जा मिलेको छ। हामीले सोचेको भन्दा बढी मेहनत अनमोलले आफ्नो क्यारेक्टरमा प्रस्तुत हुन् गरिरहेका छन्।’

साउनकै तेस्रो साताबाट छायांकनमा जाने भनिएता पनि विविध कारणसँगै मौसम प्रतिकुलहुँदा रि(सेड्युल गरेर भदौ १ गतेबाट छायांकनमा जाने तयारी रहेको निर्माता गिरीले बताए ।

ग्याङ्गस्टर फिल्मलाई छायांकन गर्न अहिले ६० दिनको सेड्युल रखिएको छ। फिल्मको ब्राण्ड भ्यालुलाई खस्किन नदिन निर्माताको पक्षबाट कुनै सम्झौता नगरिएको उनले बताए । उनले भने, ‘निर्देशक र कलाकारलाई चाहिने सम्पूर्ण कुराहरु उपलब्ध गराएका छौँ। बाँकी कलाकार सहित टिमलाई छायांकन प्रारम्भ भएसँगै परिचित गराउने छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।