image
image

अझै अघि बढेन तीनकुने पुल निर्माण प्रक्रिया 

काठमाडौँ २४ फागुन । काठमाडौँ तीनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण गरिने भने पनि प्रक्रिया अझै अघि बढेको छैन । पहिले पप्पु कन्सट्रक्सन प्रालीले काम अघि नबढाएपछि गत वर्ष सडक विभागले ठेक्का तोड्ने निर्णय भएको भएपनि नयाँ ठेक्कामा जान बाँकी रहेको छ ।

काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाका अनुसार निर्माण व्यवसायीको लापरवाहीका कारण सो पुल धेरै वर्षसम्म अवरुद्ध बनेको थियो । सो पुल यसअघि निर्माण कम्पनी आफैँले डिजाइन गर्नेगरी (डिजाइन एण्ड बिल्ड) सम्झौताका आधारमा निर्माण शुरु गरिएको थियो । पहिले कम्पनीले तयार गरेको ढाँचामा नै निर्माण गरिने गुरु अधिकारीले जानकारी दिनुभयो ।

नेपालमा पहिलोपटक नयाँ प्रविधि (आर्स एण्ड ब्रिज) बाट सो पुल निर्माण गरिने गरी सम्झौता भएकोमा पुल निर्माणका लागि लाग्ने लागतको अनुमानको काम सडक विभागले गर्न बाँकी रहेको आयोजनाका प्रमुख गुरु अधिकारीले बताए । त्यस्तै अरू सामान्य पुलमा तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागले जनाएको छ । पुल साँघुरो भएकाले तिनकुने क्षेत्रमा सवारी चाप बढी हुँदा चालक र यात्रु हैरान छन् ।      
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।