असारमा रोजगार सम्मेलन गरिने
काठमाडौँ २४ फागुन । राष्ट्रिय युवा परिषद्को समन्वयमा युवालाई सीप र रोजगारसँग जोड्नका लागि सम्मेलन गरिने भएको छ । सम्मेलन आगामी ११ र १२ असारमा काठमाडौंमा गरिने भएको छ । त्यस्तै उक्त सम्मेलन को तयारीको लागि एनआरएनएका वरिष्ठ उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा कार्यकारी समितिसमेत गठन गरिएको छ ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले सम्मेलनमा नै युवाको क्षमता, सीपका आधारमा रोजगारी उपलब्ध गराइने जानकारी दिए । त्यस्तै कोभिड–१९ का कारणले वैदेशिक रोजगारबाट फर्किएका र नेपालमा नै रोजगारी नपाएका व्यक्तिलाई लक्षित गरी सम्मेलन आयोजना गरिएको जानकारी दिए ।
सम्मेलनमा परिषद्सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, गैरआवासीय नेपाली संघ (एनआरएनए)को समेत सहकार्य हुनेछ ।