आमिर खानको फिल्म 'लालसिंह चड्ढा' दुई करोड तिरेर नेपाल भित्र्याइयो
काठमाडौँ, १८, साउन । आमिर खान अभिनित बलिउड फिल्म 'लालसिंह चड्ढा' दुई करोडभन्दा बढी रकम तिरेर नेपाल भित्र्याइएको छ।लालसिंह चड्ढाले अहिलेसम्म बनेका सबै फिल्मको रेकर्ड तोड्ने आकलन गरी महँगोमा किनेर नेपालमा प्रदर्शन गर्न लागिएको नेपालका वितरक मनोज राठीले बताएका छन्।
यो फिल्म भारतीय फिल्म 'पुष्पा', 'आरआरआर'भन्दा पनि महँगोमा किनेर नेपाल ल्याइएको बताइएको छ।फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेन्टमेन्टले वितरण गर्दैछ। आमिर खानको फिल्म चल्ने आशा गरेर नै यो फिल्म महँगोमा नेपाल ल्याइएको वितरक राठीले बताए।
लालसिंह चड्ढा टम ह्यांक्सको ब्लकबस्टर फिल्म 'फरेस्ट गम्प'को हिन्दी रिमेक हो।









