image
image

राष्ट्रिय उद्योग व्यवसायी महासंघको राष्ट्रिय भेला शनिवार हुँदै 

काठमाडौं २४ फागुन । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ आवद्ध उद्योगी तथा व्यवसायीको राष्ट्रिय भेला आउँदो शनिवार राजधानीमा हुने भएको छ । ‘समृद्ध नेपालको आधार राष्ट्रिय पूँजीको विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ हुन लागेको भेलामा देशभरका उद्योगी व्यवसायीको सहभागिता हुनेछ ।

भेलालाई नेपाल साविक कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल –नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्ने महासंघका केन्द्रीय प्रचारप्रसार समितिका संयोजक श्रीबल्लभ नेपालले जानकारी दिए।

भेलामा उद्योगी व्यवसायीका हकहतिका विषयमा छलफल हुने र निष्कर्ष सरकारलाई हस्तान्तरण गरिने उनले बताए । भेलाले महासंघको घटक संगठनको गठन र केन्द्रीय तथा कार्यालय सदस्य पनि थप गर्नेछ ।रासस 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।