image
image

न्यु बुटवल-बर्दघाट प्रसारण लाइन परिक्षणको अन्तिम चरणमा 

नवलपरासी। पश्चिम नवलपरासीको सुनवल बडेरामा निर्माणाधीन न्यु बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन सबस्टेसनको निर्माण कार्य परीक्षणको चरणमा पुगेको छ । कोभिड–१९ का कारण लामो समय निर्माणको काम रोकिएको भए पनि पछिल्लो समय तीव्रता पाएपछि अहिले परीक्षणको चरणमा पुगेको हो ।

सुनवल नगरपालिका–१३ स्थित सूर्यबस्तीमा करिब २० बिघा क्षेत्रफलमा न्यु बुटवल–बर्दघाट प्रसारण लाइन आयोजनाको सबस्टेसन निर्माणको काम भइरहेको छ। आयोजनाका इन्जिनियर आनन्द सुवेदीले अब सबस्टेसन परीक्षणको चरणमा पुगेको बताए । 

अहिलेसम्म सबस्टेसनमा एक दर्जनभन्दा बढी सङ्ख्यामा रहेका विद्युत् टावर, कन्ट्रोल रुम, यन्त्रको जडान, क्वार्टर, स्टोर, सुरक्षा पोस्ट एवं आवास, ट्रान्सफार्मर स्टेसनलगायतका अधिकांश संरचना बनाउने काम सकिएको छ । 

सबस्टेसन निर्माणको काम भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट्स लिमिटेडले लिएको छ । एक अर्ब ८० लाख रुपियाँको लागतमा बन्न लागेको विद्युत् सबस्टेसनले कालीगण्डकी क्षेत्रबाट उत्पादित विद्युत् मध्यतराईका सहरमा प्रसारण गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।