दोब्बर बढी लागतमा बन्ने भयो भैरहवा एयरपोर्टको दोस्रो ट्रर्मिनल भवन
काठमाडौँ २४ फागुन । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण प्रक्रिया अघि बढाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमानित लागतमा १२५ प्रतिशतले वृद्धि गरेर दोस्रो टर्मिनल भवन निर्माण कार्य अघि बढाउन लागेको हो ।तर, यस अघि नेपाल सरकार र एडीबीको ऋणबाट करिब नौ अर्ब रुपैयाँमा लागतमा दोस्रो ट्रमिनल बन्ने भनिएको थियो ।
निर्माण लागत आठ करोड अमेरिकी डलर (करिब नौ अर्ब रुपैयाँ) लाग्ने अनुमान गरिएकोमा अहिले भवनकोे डिजाइन परिवर्तन गरेर आर्थिक चलखेल गर्न मिल्ने गरी १८ करोड अमेरिकी डलर (करिब २१ अर्ब रुपैयाँ) पुर्याएर ठेक्का लगाउने तयारी गरिएको पाइएको छ ।
राष्ट्रिय गौरवका आयोजनाका निरिक्षक प्रदीप अधिकारीले यस अघि गरिएको डिजाइन नै परिवर्तन गरेर सरकारलाई थप भार पर्ने गरी दोस्रो टर्मिलन भवन निर्माणको लागि नक्साको डिजाइन गराइ राखेका छन् । अहिले निर्माणाधिन अवस्थामा रहेको पहिलो टर्मिनल भवन सन् २०२५ लाई मात्रै पुग्ने (स्याचुरेशन हुने) भन्दै अहिले नै लागत बढाएर दोस्रो टर्मिनल बनाउन लागिएको हो ।त्यस्तै प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पनि भवनको नयाँ डिजाइन हुँदै गरेकाले पहिला गरिएको लागत अनुमानले नपुग्न सक्ने बताए ।