image
image

नेप्सेमा २७ कम्पनीको शेयर सूचीकृत, कुन कुनको थपिए ?

काठमाडौं २४ फागुन  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा फागुन तीन सातामा २७ कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा शेयर सूचीकृत हुनेमा बैंक, हाइड्रोपावर, लघुवित्त कम्पनीहरु रहेका छन् । 

यो महिनाको पहिलो साता धितोपत्र दोस्रो बजारमा सात कम्पनीको डेढ करोड भन्दा बढी कित्ता शेयर थपिएको छ । अपी पावर कम्पनी लिमिटेड, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, हिमालय डिस्ट्रिलरी, अरुण भ्याली हाइड्रोपावर, एनएलजी इनस्योरेन्स र लक्ष्मी लघुवित्तको शेयर सूचीकृत भएको छ । सूचीकृत भएका सबै कम्पनीको बोनस शेयर रहेको छ ।

त्यस्तै, यो महिनाको दोस्रो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १३ कम्पनीको शेयर बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा रिडी हाइड्रोपावर, अपि पावर, सानिमा माई हाइड्रोपावर, प्राइम लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक, आइसीएफसी फाइनान्स कम्पनी, स्पर्श लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त, वोमी लघुवित्त, मेगा बैंक, कृषी विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो ।

त्यसैगरि, यो महिनाको तेस्रो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक करोड ८२ लाख कित्ता भन्दा बढी शेयर थपिएको छ । यो साता मञ्जुश्री फाइनान्स, नेपाल एसबिआई बैंक, तिनाउँ मिसन डेभलपमेण्ट बैंक र प्रभु बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।     

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।