image
image

९२ अर्ब रुपैंयाले बढ्यो बिनोद चौधरीको सम्पत्ति, धनीको सूचीमा १९५ औँ स्थान माथि उक्लिए 

काठमाडौं । नेपालका एक मात्र डलर अर्वपति विनोद चौधरीले कोरोना कहरकै बिचमा पनि आफ्नो सम्पतिमा उच्च वृद्धि गरेका छन। उनको सम्पत्ति एक बर्षमै ९२ अर्ब रुपैयाँले बढेको हो । 

विश्वका धनीहरुको सूची प्रकाशित गर्ने हुरुन ग्लोबल रिच लिष्ट २०२१ मा चौधरीको कुल सम्पत्ति २.५ विलियन डलर देखाएको छ । यस अघि सन् २०२० को हुरुनकै रिच लिष्टमा चौधरीको कुल सम्पती १.७ विलियन डलर मात्रै देखाएको थियो । यसैगरी सन् २०१९ को लिष्टमा पनि चौधरीको सम्पत्ति १.७ विलियन डलर नै रहेको देखाएको थियो । तर कोरोनाको समयमा भने चौधरीले आफ्नो सम्पत्तिमा उच्च वृद्धि गरेको तथ्याङ्कले देखाएको छ ।

हुरुन लिष्ट अनुसार कोरोनाको समयमा चौधरीको सम्पत्तिमा उच्च वृद्धि भएसँगै विश्वभरका धनीहरुको सूचीमा समेत छलाङ मारेका छन् । हुरुन लिष्ट सन् २०२० अनुसार चौधरी विश्वका धनीहरुको सूचीमा १६९२ औं स्थानमा रहेकोमा सन् २०२१ मा प्रकाशित लिष्ट अनुसार १९५ माथि उक्लिदै १४९७ स्थानमा आईपुगेका छन् ।

नेपाली कांग्रेसका समानुपातिक तर्फबाट सांसद समेत रहेका चौधरीको मुख्य गरि चाउचाउ उद्योग र होटेलमा लगानी रहेको छ । यसबाहेक इलेक्ट्रोनिक्स र बैंक तथा वित्तीय सस्थामा पनि चौधरीको लगानी छ । उनी चौधरी समूह अर्थात सीजी ग्रूपका अध्यक्ष पनि हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।