image
image

बैदेशिक रोजगार बचतपत्रको बिक्री शुक्रबारदेखि खुला 

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका तथा रोजगारीबाट स्वदेश फर्किएका नेपाली नागरिकलाई लक्षित गरि नेपाल राष्ट्र बैङ्कले शुक्रबारदेखि वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका र रोजगारीबाट स्वदेश फर्किएका नेपाली नागरिकलाई लक्षित गरेर राष्ट्र बैङ्कले ५० करोड रुपियाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र २०८२ ‘ख’’को बिक्री खुला गरेको हो । 

बचतपत्र खरिदका लागि आगामी फागुुन २ गतेसम्म आवेदन दिन सकिने नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।निष्काशन मिति आगामी फागुुन ८ गते तोकिएको तथा बचतपत्रको सावाँ भुक्तानी मिति भने २०८२ फागुन ८ गते तोकिएको छ । मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी)को नाममा खरिद गर्न सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।

इच्छुक खरिदकर्ताले आफूलाई पायक पर्ने वाणिज्य बैङ्कहरू, बजार निर्माताको इजाजतपत्र लिएका बैङ्क तथा वित्तीय संस्थाहरू र काठमाडौँ उपत्यका बाहिरका नेपाल राष्ट्र बैङ्कका कार्यालयबाट ब्याज भुक्तानी लिन सकिने व्यवस्था पनि गरिएको छ । यो बचतपत्र खरिदका लागि नबिल बैङ्क, सेञ्चुरी कमर्सियल बैङ्क, प्रभुु बैङ्क, सिटी एक्सप्रेस, प्रभुु मनी ट्रान्सफरसहितका ११ वटा संस्था तोकिएको छ । बचतपत्र खरिदका लागि रकम बुझाएकै मितिदेखि निष्कासन मितिभन्दा अघिल्लो दिनसम्मको खण्डित अवधिको ब्याज रकम तोकिएको ब्याजदरमा भुक्तानी दिइने राष्ट्र बैङ्कले जनाएको छ ।

कामदारले आवेदन दिँदा राहदानी, कार्यरत मुलुकको भिसा (भारतबाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागि मात्र), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको)को प्रतिलिपि, दुुई प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणस्वरूप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर पेस गर्नुपर्ने हुन्छ । साथै परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपि र नाता प्रमाणित कागजात र नाबालकको नाममा संरक्षक भई खरिद गर्ने भएमा नाबालकको जन्मदर्ता प्रमाणपत्र पेस गनुपर्ने बताईएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।