image
image
भारतले वेस्ट इन्डिजविरुद्धको  सिरिज ३–० ले क्लीन स्वीप

भारतले वेस्ट इन्डिजविरुद्धको सिरिज ३–० ले क्लीन स्वीप

काठमाडौँ, १२, साउन । तेस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई ११९ रनले पराजित गर्दै भारतले सिरिज ३–० ले क्लीन स्वीप गरेको छ । भारतीय टोलीले ३९ वर्षमा वेस्ट इन्डिजमा पहिलो पटक एकदिवसीय शृङ्खला क्लिन गर्न सफल भएको हो ।

तेस्रो एकदिवसीय खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । भारतले ३६ ओभरमा ३ विकेट गुमाएर २२५ रन बनाएको थियो । शुभमन गिल ९८ रनमा अविजित रहे । कप्तान शिखर धवनले ५८ र श्रेयस अय्यरले ४४ रन बनाए । त्यसपछि ठूलो पानी पर्न थाल्यो र भारतीय इनिङ्स त्यहीँ समाप्त भयो। ​डकवर्थ लुइस नियम अनुसार वेस्ट इन्डिजले ३५ ओभरमा २५७ रनको लक्ष्य पायो । तर क्यारेबियन टोली २६ ओभरमा १३७ रनमा सिमित भयो । 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।