बजारमा कागजको अभाव, व्यवसायी मर्कामा
काठमाडौँ २४ फागुन । नेपालमा शैक्षिक सत्र र नयाँ बर्षको सुरुवातसंगै कागजको माग उच्च भईरहेको बेला कागजको भाउ वृद्धि भएको छ । छिमेकी मुलुक भारत लगायत बिश्व बजारमा कागजको भाउ बृद्धिसंगै नेपाली बजारमा समेत कागजको भाउमा अत्यधिक मात्रामा बृद्धि भएको हो ।
करिब ३० प्रतिशतले बढेको कागजको भाउ पछिल्लो समय ४० प्रतिशत सम्म बढ्न सकिने अनुमान गरिएको छ । यसरि अत्यधिक रुपमा मूल्य बढ्दा व्यावसायिहरु मर्कामा परेको बताईरहेका छन् । मुल्यमा अस्वभाबिक रुपमा बृद्धि भएकाले कागज आयातकर्ता ब्यवसायीहरु पर्ख र हेरको अवस्थामा रहेकाले पनि बजारमा अहिले कागज अभाव सृजना हुन पुगेको छ
।
त्यस्तै कोरोना महामारीका कारण बिगत एक बर्ष कागजको प्रयोगमा कमी आएको भएपनि शैक्षिक क्षेत्र संचालम आउन थाले सँगै नेपाली बजारमा मूल्य बढेको हो ।
बजारमा कागजको मुल्यमा बृद्धि भएसगै मुद्रण ब्यवसायीहरु समेत मुल्य बृद्धि गर्न बाध्य हुने अवस्था सृजना भएको मुद्रण उद्योगी तथा ब्यवसायीहरुको छाता संगठन नेपाल मुद्रण उद्योग महासंघले बताएको छ ।मुद्रण कार्यको मुल्य मुख्य रुपमा कागजको मुल्यमा नै आधारित रहने भएकाले कागजको मुल्य बृद्धि संगै मुद्रण कार्यको मुल्य समेत स्वत बृद्धि हुने महासंघका अध्यक्ष पुस्कल गौतम बताए ।