साफ यू-२० च्याम्पियनसिप- नेपालले आज श्रीलंकासँग खेल्दै, श्रीलंकालाई हराएर फाइनलको यात्रा सहज बनाउने लक्ष्य
काठमाडौँ, ११,साउन । साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ ।नेपाल र श्रीलंकाबीचको खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।
पहिलो खेलमा माल्दिभ्समाथि ४-० को जित निकालेको नेपाल लगातार दोस्रो जितको खोजीमा छ । श्रीलंकालाई हराएर फाइनल यात्रा सहज बनाउने नेपालको लक्ष्य छ ।
श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो । श्रीलंका पहिलो जितको खोजीमा छ ।










