आज पनि बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ २४ फागुन । गत हप्ता ओरालो लागेको सुनको मूल्य यो हप्ता मूल्य बढ्दै गएको छ । हिजो तोलामा ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य पनि १ सय रुपैयाँले नै बढेको छ । हिजो तोलाको ८५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको तेजावी सुनको मूल्य आज ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदीको मूल्य :
आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । हिजो १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले बढेर १२ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।