बढ्न थाल्यो खानेतेलको मूल्य
काठमाडौँ । सरकारको निरन्तर दबाबपछि घटेको खानेतेलको मूल्य फेरी बढ्न थालेको छ । उपभोक्ता हित तथा संरक्षण विभागले बढी मूल्यमा तेल बिक्रि गर्ने दुई उद्योगलाई कारवाही गरेपछि केहि घटेको तेलको मूल्य अहिले प्रतिलिटर १० रुपैंयासम्म बढेको छ।
त्रिवेणी समुहले उत्पादन गरेको अमृत सनफ्लवार एक कार्टुनको मूल्य अहिले २ हजार ८० रुपैयाँ पुगेको छ। यसअघि यस समुहलाई सरकारले बढी मूल्य लिएर बेचेको भन्दै तीन लाख रुपैयाँ जरीवाना समेत गरेको थियो। सरकारको अनुगमनसँगै सनफ्लवार तेल लिटरको १० रुपैयाँ घटाएर २ सय १० रुपैयाँमा बेच्दै आएका थिए । तर, अहिले फेरि सबैजसो उद्योगले लिटरमा १० रुपैयाँ बढाएका छन्।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेकाले खानेतेलको मूल्य बढेको व्यवसायीहरुले बताएका छन। अन्तर्राष्ट्रिय बजारसंगको परनिर्भरताका कारण दैनिक उपभोगीय बस्तुको मूल्यमा घटबढ भइरहेको उनीहरुको भनाइ छ।